दफा ३
दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको कारोबार वा व्यापार गर्न वा गराउन नहुने
(१) कसैले पनि दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुना खरिद बिक्री गर्न, आफूसँग राख्न, प्रयोग गर्न, रोप्न, हुर्काउन, नियन्त्रित प्रजनन् गर्न, ओसारपसार गर्न वा निकासी वा पैठारी गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ६ बमोजिम अनुमतिपत्र लिई तोकिए बमोजिमको शर्तको अधीनमा रही
देहाय बमोजिमको उद्देश्यको लागि दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुना राख्न, प्रयोग गर्न, नियन्त्रित प्रजनन् गर्न, ओसारपसार, निकासी वा पैठारी गर्न सकिनेछ ः-
(क) वन्यजन्तुको पालनपोषण गर्न,
(ख) वनस्पति रोप्न, हुर्काउन,
(ग) वन्यजन्तु वा वनस्पति वा सो को नमुना उत्पादन गर्न, स्वदेश वा विदेशमा खरिद विक्री गर्न,
(घ) अध्ययन, अनुसन्धान, परीक्षण, तालीम, प्रदर्शनी, संरक्षण शिक्षा, जैविक स्रोत संरक्षण वा शैक्षिक प्रयोजनमा उपयोग गर्न ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले निजी जग्गामा लोपोन्मुख वनस्पति रोप्न, त्यसरी रोपिएको र निजी जग्गामा प्राकृतिक रुपमा उम्रिएको लोपोन्मुख वनस्पति हुर्काउन, सोको नमूना उत्पादन गर्न, राख्न र प्रयोग गर्न सक्नेछ ।